Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ


  • 666
    Shares

    इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ
    images

    काठमाडौं । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छिन्।

    बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।

    अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको खुलेको छ। उनलाई गत भदौ ११ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटबाट पक्राउ गरिएको हो।

    पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १०:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij