Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावित नागरिकका लागि ७० लाख सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावित नागरिकका लागि ७० लाख सहयोग


  • 1.3K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावित नागरिकका लागि ७० लाख सहयोग
    images

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ७० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले खोजी, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको हो । 

    बैंकले प्रदान गरेको उक्त सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २० लाख रुपैयाँ कोषमा जम्मा गरिएको बताइएको छ । उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    बैंकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सयौँ नागरिकको ज्यान गएको, कयौँ सम्पर्कविहीन भएको तथा धेरै परिवार विस्थापित हुनुपरेको जनाएको छ। बाढीबाट अरबौँ रुपैयाँको भौतिक नोक्सानी भएको पनि बैंकले जनाएको छ।

    सांग्रिला डेभलपमेन्ट बैंकले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

    “आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    सो अवसरमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - २०:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij