Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबिच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबिच टेलिफोन वार्ता


  • 1.0K
    Shares

    परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबिच टेलिफोन वार्ता
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा.भिभियन बालकृष्णनबिच आज टेलिफोन वार्ता भएको छ । सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका परराष्ट्र मन्त्रालयले बताएको छ ।

    वार्ताका क्रममा मन्त्री डा.बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा नेपाली अधिकारीहरुले समन्वयकारी भूमिकासहित छिटोछरितो ढङ्गबाट गर्नुभएको कामको प्रशंसा गरे । उनले नेपालको आवश्यकताका आधारमा सिङ्गापुर सरकार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताए । सिङ्गापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पुर्याउन विपद् पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

    वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर भइरहेको बताएका थिए । मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा सिङ्गापुर सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् ।

    रसुवा, नुवाकोटलगायतका क्षेत्रमा यही भदौ १० गएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उहाँहरुबीच उक्त टेलिफोन वार्ता भएको हो । 

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १८:११:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij