Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवावासीको सरकारलाई आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’

रसुवावासीको सरकारलाई आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’


  • 2.0K
    Shares

    रसुवावासीको सरकारलाई आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पु¥याएको छ । बाढीले सयौँको ज्यान गएको छ भने हजारौँ सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरे, बेत्रावति, स्याँप्रुवेशी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन् । रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानिय विनाशकारी बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन् । 

    बेत्रावतीबाट आफन्तको सहयोगमा करिव ९ घण्टा लगाएर आईतवार राती केही बाढी प्रभावित काठमाडौं आईपुगेका छन् । उनीहरुकाअनुसार बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपनि उद्धार र राहत समयमै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावतीकी शान्ति अधिकारीकाअनुसार बाढी आएको सूचना पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन भागेका थिए । 

    बाढीको सूचना त्यहाँका पूर्ववडाध्यक्षले स्कुटरमा बसेर दिँदै हिँडेका कारण धेरैले ज्यान जोगाउन सकेको अधिकारी बताएका छन् । प्रहरीले समयमै सूचना नदिएको उनको गुनासो छ । बाढीले सयौँ मान्छे र घरहरु बगाएको उनले बताएका छन् । उनका अनुसार बाढीअघि रसुवातर्फ मात्रै करिब एक सय घरको बस्ती थियो । 

    अहिले रसुवा र नुवाकोट दुवैतर्फका प्रभावित क्षेत्रमा घरबस्तीको नामनिसाना छैन । बाढीपछि उद्धार र राहतमा सरकारले चासो नदिएको उनको गुनासो छ । राहत सामग्री नुवाकोटको विदुर क्षेत्रमा थुप्रिएपनि रसुवातर्फ पुग्न नसकेको उनले बताएका छन । उनले न्यायोचित राहत वितरण गर्न र तत्काल पुनःस्थापना र पूर्वाधार निर्माण थाल्न सरकारसँग माग गरेका छन्।


    नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि बाढीअघि आफूहरूलाई प्रभावकारी पूर्वसूचना नदिएको गुनासो गरेका छन् । पर्याप्त पूर्वसूचना नभएका कारण धेरैले ज्यान गुमाउनु परेको उहाँको भनाई छ । बाढी आएका थाहा पाएपछि श्रीमानश्रीमति नै माथितिरको डाँडातिर भागेर ज्यान जोगाउन सफल भएको उनले बताएका छन् । डाँडामा पुगेपछि बेत्रावती बजार तहसनहस भएको, मानिसहरू बगेको र घरहरू ढलेको दृश्य देखेको उनले बताएका छन्  । उनकाअनुसार बाढीमा फसेकाहरु उद्धारको लागी गुहार मागिरहेका थिए ।

    बुधवार विहान करिव साढे ९ बजे बाढी आएपनि उद्धार टोलि तीन दिनपछि मात्रै पुगेको उनले बताएका छन्  । केही हेलिकप्टर उडिरहेको देखिएपनि फसेका मानिसको उद्धार हुन नसकेको उनको गुनासो छ । उहाँकाअनुसार बेलैमा सरकार पुगेर उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो । नजिकै आर्मी क्याम्प र प्रहरी चौकी भएपनि फसेका मानिसलाई सुरक्षित ठाउँमा निकाल्न सहयोग नगरेको उनको आरोप छ । 

    रसुवाकी शान्ता थापाले बाढीबाट ज्यान गुमाएकाहरुको शब अझै बगरभरी रहेको बताएका छन् । अझै धेरै शव निकाल्न बाँकी रहेको उनको भनाइ छ । शव गन्हाउन थालिसकेको भएपनि नजिकै रहेको सेना, प्रहरी, सशस्त्र प्रहरी कोही नपुगेको उनको गुनासो छ । विपद्को समयमा पीडितले राज्यको साथ नपाएको उनले बताएका छन्  । उनले बाढीले सुकुम्बासी भएका नागरिकको गाँस, वास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने बताएका छन्  । पीडितलाई सुरक्षित ठाउँमा पुनःस्थापित गर्न पनि उनले सरकारसंग माग गरेका छन् ।

    सरकारले संकलन गरेको राहत सबै नुवाकोटको विदुरमा थुप्रिएको छ । रसुवातर्फ भने सरकारले राहत र उद्धार कार्य दुवै गर्न सकेको छैन । रसुवाका बाढीपिडितहरुले नुवाकोटबाट कटेर रसुवाको चीन नाकासम्म पुग्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौं आएका बाढी पीडितहरुले आफूलाई तत्काल बरु केही नचाहिने तर विचल्ली भएर गाउँमा बसेकालाई राहत, उद्धार र पुनःस्थापनामा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् 

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १७:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij