Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी


  • 1.3K
    Shares

    रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी
    images

    काठमाडौं । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।

    बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ । त्यस्तै, त्रिशूली–३ बी को टनेलमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । 

    रसुवागढी हाइड्रोपावरको टनेलमा भने सुरक्षाकर्मीको संयुक्त टोली खोजतलास गर्दै करिब २५० मिटर भित्रसम्म पुगेको थियो । तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको नेपाली सेनाले जनाएको छ । 

    बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दाबढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन् । सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहतकार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १७:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij