Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै


  • 813
    Shares

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
    images

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ । 

    भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो ।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १६:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij