Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ

रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ


  • 1.2K
    Shares

    रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ
    images

    काठमाडौं । गत बुधबार आएको विनाशकारी बाढीपछिको राहत,उद्धार र  नागरिकको जीउधनको रक्षाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ब्रिफिङ लिएका छन्  ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग भेट गरी ब्रिफिङ लिएका हुन् । 

    ​प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको सभापति लामिछानेलाई जानकारी गराएका छन्।

    ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको थियो। साथै ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्स्थापनाका विषयमा छलफल भएको थियो।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १६:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij