२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाढीले पुर्याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् ।
नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीका अनुसार महामन्त्री थापाले धादिङको गल्छीस्थित पुल तरेपछि कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
धादिङका प्रभावित क्षेत्रहरूको अवस्था बुझेपछि उनी नुवाकोट पुगेका छन् । नुवाकोटमा उनले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसी लगायतका स्थानहरूको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा थापाले बाढीले पुर्याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएका नेता केसीले जानकारी दिएका छन् ।
विभिन्न स्थानको अनुगमनपश्चात् थापा नुवाकोटको हात्तिगौडा कोलोनीमा रहेको होल्डिङ सेन्टरमा पुगेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij