Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डिभाइन हेल्थकेयरले सर्वसाधारणमा शेयर जारी गर्ने

डिभाइन हेल्थकेयरले सर्वसाधारणमा शेयर जारी गर्ने


  • 1.1K
    Shares

    डिभाइन हेल्थकेयरले सर्वसाधारणमा शेयर जारी गर्ने
    images

    काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको पनि सहभागिता थियो ।

    वि।सं। २०७४ असोज १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरणसम्बन्धी दर्ता र स्वीकृति प्राप्त गरी मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।

    कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् ।

    कम्पनीले यसै माघ महिनादेखि दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीका लागि आवश्यक औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।

    कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ । 

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १४:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij