Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने


  • 652
    Shares

    रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
    images

    काठमाडौं । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।

    पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

    रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए ।

    यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताए । 

    a

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १४:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij