Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाललाई कतार सरकारको सहयोग

नेपाललाई कतार सरकारको सहयोग


  • 848
    Shares

    नेपाललाई कतार सरकारको सहयोग
    images

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ ।

    बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ । विपदबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले राहत सामग्री उपलब्ध गराउन लागेको हो ।

    राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । जहाज अवतरण गरेको केही समयपछि राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

    विपद्को समयमा कतार सरकारले नेपाल र नेपाली जनताप्रति देखाएको सहयोग, सद्भाव तथा ऐक्यबद्धताका रूपमा उक्त राहत सामग्री उपलब्ध गराउन लागेको हो ।

     

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १३:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij