Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएन, सेनाको टोली फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएन, सेनाको टोली फर्कियो


  • 1.4K
    Shares

    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएन, सेनाको टोली फर्कियो
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङमा गरिएको खोजीबाट कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।

    प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सुरुङभित्र मानिसहरू फसेको आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो ।

    उद्धार टोलीले सुरुङको भित्री भागको अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो । साथै, सुरुङभित्र ड्रोनसमेत उडाएर अवस्था निरीक्षण गरिएको थियो । तर, खोजीका क्रममा मानवीय उपस्थिति फेला नपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरी खोजी थालेको थियो । टोलीले सम्पूर्ण सुरुङ क्षेत्रमा खोजी गरे पनि कोही व्यक्ति फेला नपरेपछि उद्धार अभियान तत्कालका लागि टुंगिएको हो ।

    मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १३:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij