२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ४२ जना सम्पर्कविहीन भएको भनिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी रहेको छ। उद्धारका लागि आवश्यक उपकरणसहित गृहमन्त्री सुधन गुरुङ आयोजनास्थलतर्फ अघि बढिरहेका छन्।
गृहमन्त्री गुरुङ ‘ब्रेकर’सहित घटनास्थल पुग्दै छन्। उनीसँगै भारतीय उद्धार टोली पनि आयोजनास्थलमा पुग्ने तयारीमा छ।
स्थलगत जानकारीअनुसार उद्धार टोली मुख्य पहुँच सुरुङको ‘क्राउन’ भागसम्म पुगेको छ। त्यहाँबाट सुरुङभित्र प्रवेश गर्न अवरोध हटाउने प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्णरूपमा बाटो खोल्न सकिएको छैन।
सुरुङभित्र थुनिएका व्यक्तिसम्म पुग्न अवरोध भत्काएर प्रवेशमार्ग बनाउन थप उपकरण तथा प्राविधिक सहयोग आवश्यक परेको उद्धारमा संलग्न टोलीले जनाएको छ।
उद्धारकर्ताले अवरोध हटाउन ब्लास्टिङसमेत गरेका छन्। तर, ब्लास्टिङ गर्दा पनि अवरोध पूर्णरूपमा हट्न नसकेपछि सुरुङभित्र प्रवेश गर्न थप कठिनाइ भइरहेको छ।
उद्धार कार्यलाई तीव्रता दिन गृहमन्त्री गुरुङ आवश्यक उपकरण र भारतीय उद्धार टोलीसहित घटनास्थल पुग्न लागेका हुन्। सुरुङभित्र रहेका व्यक्तिसम्म पुग्ने प्रवेशमार्ग खोल्न अहिले उद्धार टोलीले प्राथमिकताका साथ काम गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij