२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सङ्घर्षका कार्यक्रम फिर्ता लिँदै जेनजी युवाहरूले अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित सङ्घर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाएका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी युवाहरू नुवाकोटका विभिन्न ठाउँमा पुगेका थिए ।
साथै उनले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमा सीमित नभई प्रभावित क्षेत्रहरूमा पुग्न र राहत, उद्धार लगायतका कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाह नुवाकोट जिल्ला पुगेको तर अन्य जिल्लाका प्रभावित क्षेत्रमा नपुगेको र राहत, उद्धार लगायतका कार्य अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij