Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितको राहतका लागि डा. बाबुराम भट्टराईले दिए १ लाख रुपैयाँ

बाढीपीडितको राहतका लागि डा. बाबुराम भट्टराईले दिए १ लाख रुपैयाँ


  • 687
    Shares

    बाढीपीडितको राहतका लागि डा. बाबुराम भट्टराईले दिए १ लाख रुपैयाँ
    images

    काठमाडौं । डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले उक्त रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १२:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij