Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अपर त्रिशूली–३ बीको क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोभित्र पुरिएको आशंका

अपर त्रिशूली–३ बीको क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोभित्र पुरिएको आशंका


  • 1.1K
    Shares

    अपर त्रिशूली–३ बीको क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोभित्र पुरिएको आशंका
    images

    काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् ।

    प्रत्यक्षदर्शी कर्मचारीका अनुसार बाढीले क्याम्प क्षेत्रका घरहरू बगाएको भन्दा पनि ठूलो मात्रामा आएको लेदोले घर तथा संरचना पुरेको हो । त्यसै लेदोभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू पुरिएको आशंका गरिएको छ ।

    बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीका अनुसार क्याम्पमा रहेका घरभित्र आयोजनाका उच्च पदस्थ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, उनीहरूका परिवार तथा साना बालबालिकासमेत रहेका थिए ।

    सम्पर्कविहीन ४३ जनाको तत्काल खोजी तथा उद्धारका लागि आधुनिक उपकरणसहित उत्खनन कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ । पुरिएका व्यक्तिहरूको उद्धारमा अझै सम्भावना रहेकाले ढिलाइ नगरी खोज तथा उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।

    सम्पर्कविहीन हुनेमा आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका सदस्य ७ जना, चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका ११ जना र काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका ३ जना विद्यार्थी रहेका छन् ।

    सम्पर्कविहीन हुनेहरूको विवरण

    आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी

    १. इन्दिबर घिमिरे – आयोजना प्रमुख, ६२ वर्ष
    २. प्रकाशनिधि तिवारी – उपप्रबन्धक, ५३ वर्ष
    ३. राजेश शर्मा – सहायक प्रबन्धक, ३४ वर्ष
    ४. सोमनाथ पौडेल – इन्जिनियर, ३७ वर्ष
    ५. प्रमिला पाठक – इन्जिनियर, ३२ वर्ष
    ६. दिपेश श्रेष्ठ – इन्जिनियर, ३७ वर्ष
    ७. शंकर प्याकुरेल – वातावरणविद्, ३१ वर्ष
    ८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत, ४१ वर्ष
    ९. रमला गुरुङ – प्रशासन सहायक, ३२ वर्ष
    १०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक, ४२ वर्ष
    ११. पुष्पराज भट्टराई – सहयोगी, ४२ वर्ष
    १२. भगवानदिन चौधरी – सहयोगी, ३९ वर्ष
    १३. जितबहादुर चौधरी – चालक, ३६ वर्ष
    १४. रामकुमार थारु – चालक, ४६ वर्ष
    १५. समुन्द्र आचार्य – चालक, २७ वर्ष
    १६. रामशरण वाइबा – सहयोगी, ३७ वर्ष
    १७. कृष्णकुमार खड्का – चालक, ४७ वर्ष
    १८. विमला गुरुङ – कार्यालय सहायक, ३२ वर्ष
    १९. शकुन्तला गुरुङ – कार्यालय सहायक, ४६ वर्ष
    २०. चरीमाया गुरुङ – कार्यालय सहायक, ५० वर्ष
    २१. प्रजिना तामाङ – कार्यालय सहायक, ३५ वर्ष
    २२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड

    कर्मचारीका परिवारका सदस्य
    २३. आदित्य पौडेल शर्मा – ३.५ वर्ष
    २४. आदिश्री पौडेल शर्मा – ३.५ वर्ष
    २५. शिवांश पौडेल – २.५ वर्ष
    २६. त्रिशा पौडेल – २.५ वर्ष
    २७. कियान्शा अधिकारी – २ वर्ष
    २८. गीता अधिकारी – ५० वर्ष
    २९. तारा उपाध्याय – ३३ वर्ष

    चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी

    ३०. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता
    ३१. मनोज के.सी. – ठेक्का इन्जिनियर
    ३२. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद्
    ३३. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर
    ३४. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत
    ३५. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर
    ३६. प्रबिन अमात्य – सिभिल इन्जिनियर
    ३७. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर
    ३८. हेमन्तराज जोशी – सिभिल इन्जिनियर
    ३९. महेश नेपाली – चालक
    ४०. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली

    काठमाडौँ विश्वविद्यालयका इन्टर्न विद्यार्थी

    ४१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २१ वर्ष
    ४२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २२ वर्ष
    ४३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २३ वर्ष

    उनीहरूलाई उद्धार गर्न तत्काल आधुनिक उपकरण प्रयोग गरी लेदो हटाउने र खोजी अभियान तीव्र पार्नुपर्ने माग गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १०:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij