Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन

रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन


  • 1.2K
    Shares

    रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन
    images

    काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

    प्राधिकरणका अनुसार बाढी तथा पहिरोका कारण अझै ४ हजार २२७ जना सम्पर्कविहीन रहेका छन् । हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

    बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

    उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हाल २० हजार ८१९ सुरक्षाकर्मी विपद् प्रभावित क्षेत्रमा खटिएका छन् ।

    जसमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना उद्धार, राहत तथा पुनःस्थापनाको काममा परिचालित छन् ।

    new-data.jpg

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १०:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij