Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड


  • 827
    Shares

    रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड
    images

    काठमाडौं । १० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् । उनीहरुका परिवार अहिले पीडामा छन् । 

    आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् । सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले काठमाडौं आइपुगिन । तामाङले श्रीमान कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताइन् । 

    उनले सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गरीन् । उनले अहिले पनि सयौँ नागरिक रसुवा, नुवाकोट र धादिङका जंगलहरुमा पर्खाइमा रहेको भन्दै उद्धार कार्य छिटो बनाउन आग्रह गरीन ।

    यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका धादिङका दर्जनौँ यात्रु बससहित अझै सम्पर्कविहीन छन् । धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका–९ र १२ तथा अन्य पालिकाका समेत गरेर २६ जना बाढीपछि सम्पर्कविहीन भएको बताए । उनले सम्पर्कविहीन साथिहरुको खोजिको लागि आफू काठमाडौं आएको बताए । 

    उनका अनुसार बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक जनाले पोखरामा रहेका साथीलाई फोन गर्दै बस बगिसकेको र आफूहरुलाई पनि बाढीले बगाउन सक्ने भन्दै घरपरिवार र छोराछोरीको हेरचाह गरिदिन भनेका थिए ।

    त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो । बाढी आएपछि सम्पर्क हुन नसक्दा अवस्था बुझ्न र खोजी गर्न आएका परिवारजनका कारण अस्पताल परिसर व्यस्त छ ।
                

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १७:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij