२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हद्दका कारण आजदेखि अनिवार्य अवकाशमा गएका छन् । जटिल प्रकृतिको बोनम्यारो क्यान्सरबाट पीडित श्रेष्ठ भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचाररत छन् ।
वि.सं.२०३९ साउनमा अदालतको ‘डिट्ठा’ पदबाट सरकारी सेवा प्रवेश गरेका उनी सुब्बा, शाखा अधिकृत, उपसचिव हुँदै २०५५ सालमा पुनरावेदन अदालतको रजिस्ट्रार बनेका थिए । सर्वोच्च अदालतको सहरजिस्ट्रारका रूपमा समेत अनुभव सँगालेका उनी २०६६ मा उच्च अदालतको न्यायाधीश र २०७६ मा विराटनगर उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।
श्रेष्ठ प्रधानन्यायाधीशमा न्यायपरिषद्ले ६ वरिष्ठ न्यायाधीशको नाम सिफारिस गर्दा परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij