Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँः अध्यक्ष ओली

यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँः अध्यक्ष ओली


  • 792
    Shares

    यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँः अध्यक्ष ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । 

    एमाले महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरेका छन्। उनले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै उनले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् । 

    खासगरी राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उहाँले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखेका छन् । ओलीले राजनीतिक दल, सङ्घसंस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गरेका छन् । नेकपा (एमाले) ले विपत्तिको संवेदनशीलतालाई ध्यानमा राखेर घटनाको शुरुवाती दिन (असोज १० गते) नै सचिवालय बैठक बसी समाधानमा जुट्ने निर्णय गरेको उनले जानकारी दिएका छन्।  

    अध्यक्ष ओलीले भने, ‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन । यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो । सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ ।’

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १६:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij