Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, विज्ञ टोली सुरुङभित्र जाँदै

त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, विज्ञ टोली सुरुङभित्र जाँदै


  • 946
    Shares

    त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो,  विज्ञ टोली सुरुङभित्र जाँदै
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारमा महत्वपूर्ण सफलता हात परेको छ। तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञहरूको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको हो।

    नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग हुने सुरुङ भेटिएको हो। अब उक्त सुरुङमार्फत उद्धार विज्ञलाई भित्र पठाएर सुरुङमा फसेका कर्मचारीहरूको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।

    श्रेष्ठका अनुसार उक्त सुरुङबाट मानिस भित्र प्रवेश गर्न सक्ने भएकाले फसेका कर्मचारीहरूको उद्धार गर्न पनि सहज हुने अपेक्षा गरिएको छ। सुरुङभित्र अक्सिजन पुर्‍याउन यसअघि नै प्वाल बनाइसकिएकाले कर्मचारीहरू सकुशल रहेको आशा गरिएको उनले बताए।

    उद्धार टोलीले यसअघि सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल अर्थात् प्वाल बनाइसकेको थियो। ड्रिलमार्फत भित्रको अवस्था बुझ्ने प्रयाससमेत जारी रहेको सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले जानकारी दिएका छन्। उनी उद्धारस्थलमै बसेर उद्धार प्रक्रियाको नेतृत्व गरिरहेका छन्।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी गएको दुई दिनपछि शुक्रबारदेखि सुरुङमा फसेका कर्मचारीको उद्धार अभियान सुरु गरिएको थियो। लामो समयसम्म सुरुङ छिचोल्न नसकिएपछि भित्र रहेका कर्मचारीको अवस्थालाई लिएर चिन्ता बढ्दै गएको थियो।

    आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहमा ओभरहलिङको काम भइरहेका बेला करिब ४० देखि ४२ जना उच्च विज्ञसहितका प्राविधिक जनशक्ति सुरुङभित्र फसेको अनुमान गरिएको छ।

    ‘केबल एक्सेस टनेल’ भेटिएसँगै अब उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराएर फसेका कर्मचारीको अवस्था पत्ता लगाउने र सम्भव भएसम्म तत्काल उद्धार गर्ने प्रयास गरिने भएको छ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १६:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij