Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी प्रभावित १५ पालिका प्रमुखसँग रवि लामिछानेले गरे छलफल

बाढी प्रभावित १५ पालिका प्रमुखसँग रवि लामिछानेले गरे छलफल


  • 939
    Shares

    बाढी प्रभावित १५ पालिका प्रमुखसँग रवि लामिछानेले गरे छलफल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गरेका छन्।

    आइतबार पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गरेका हुन्।

    छलफलका क्रममा पालिका प्रमुखहरूले प्रभावित क्षेत्रमा देखिएका समस्या, शव व्यवस्थापन, बाटो, पुल, विद्युत् तथा अन्य कनेक्टिभिटीका विषय उठाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    खरेलका अनुसार लामिछानेले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका काममा सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पार्टीले गठन गरेको परिचालन संयन्त्रलाई निर्देशन दिएका छन्।

    ‘भोटेकोशी प्रभावित क्षेत्रका बासिन्दालाई कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ भनेर सभापतिले पार्टीले गठन गरेको संयन्त्रका नेताहरूसँग छलफल गर्नुभयो। सरकारी निकाय र स्थानीय पालिकासँग समन्वय गरेर उद्धार र राहतका काममा लाग्न निर्देशन दिनुभएको छ,’ खरेलले  भने।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १५:३५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij