Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत


  • 1.7K
    Shares

    विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत
    images

    काठमाडौं । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका लागि ‘प्रोटेक्सन क्लस्टर’ ९संरक्षण समूह० को कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । 

    महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावितहरूको सुरक्षा र सहयोगका लागि ११ वटा क्लस्टरमध्ये संरक्षण क्लस्टरको कार्ययोजना पारित भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । गृह मन्त्रालय, महिला मन्त्रालय, नेपाल प्रहरी, नागरिक समाज र विभिन्न साझेदार संस्थाहरूको सहभागितामा तयार पारिएको उक्त कार्ययोजनाले बाल संरक्षण, लैङ्गिक हिंसा ९जीबीभी० नियन्त्रण र मनोसामाजिक परामर्शका विषयलाई प्राथमिकतामा राखेको छ । 

    सचिव राउतका अनुसार यस क्लस्टरमार्फत करिब १ लाख प्रभावित व्यक्तिहरूलाई लक्षित गरी १४ करोड रुपैयाँ बराबरको प्रारम्भिक स्रोत परिचालन गरिने अनुमान गरिएको छ । राहत वितरणमा हुने दोहोरोपन र अन्योल हटाउन सरकारले ‘एकद्वार प्रणाली’ लाई कडाइका साथ लागू गरेको उनले बताए । विपद्का समयमा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले विशेष निर्देशिका समेत जारी गरेको छ । प्रचलित कानून, बालबालिकाको मौलिक हक र संरक्षणका मापदण्डबमोजिम कुनैपनि किसिमको हिंसा हुन नदिन सम्बन्धित सबै निकायलाई सर्कुलर जारी गरिएको उनले जानकारी दिए। 

    उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकताका आधारमा राहत सामग्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’

    देवघाटस्थित वृद्धाश्रममा भएको क्षतिप्रति संवेदनशील हुँदै त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूलाई तत्काल सहयोग र मनोसामाजिक परामर्श प्रदान गर्न समन्वय भइरहेको छ । समाज कल्याण परिषद्मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पनि प्रचलित कानूनको परिधिमा रही एकीकृत रूपमा सहयोग गर्न आह्वान गरिएको छ ।  

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १५:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij