Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीका १३५ घाइते डिस्चार्ज, ७५ जना उपचाररत

रसुवा बाढीका १३५ घाइते डिस्चार्ज, ७५ जना उपचाररत


  • 757
    Shares

    रसुवा बाढीका १३५ घाइते डिस्चार्ज, ७५ जना उपचाररत
    images

    काठमाडौं । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार दुई सय ४२ जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ ।

    स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार उपचार गराइरहेकामध्ये एक सय ३५ जना निको भएर घर फर्किसकेका छन् । बाढीका कारण हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये एक जनालाई अस्पताल पुर्‍याउँदा नै मृत घोषित गरिएको थियो । 

    काठमाडौँ उपत्यका बाहिरका ३ वटा स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल धुन्चेमा सबैभन्दा बढी ७६ जना बिरामी भर्ना भएकोमा २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । ४८ जना डिस्चार्ज भइसकेका छन् । यस्तै नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना डिस्चार्ज भएका छन् ।

    आयुर्वेद अस्पताल, पिपलटारमा भर्ना भएका १६ जनामध्ये १४ जना अझै उपचाररत रहेका छन् । उपत्यका बाहिरका अस्पतालहरूबाट कुल २९ जना घाइतेहरूलाई अन्य सुविधायुक्त अस्पतालहरूमा रिफर गरिएको छ । 

    काठमाडौं उपत्यकाका १३ वटा प्रमुख अस्पतालहरूमा थप उपचारका लागि बिरामीहरूलाई भर्ना गरी स्वास्थ्य सेवा प्रदान भइरहेको छ । काठमाडौं उपत्यकाभित्र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ५४ जना र ट्रमा सेन्टरमा ४३ जना बिरामी भर्ना भएका छन् ।

    यस्तै, वीर अस्पतालमा १५ जना, नेपाल एपीएफ अस्पताल बलम्बुमा ६ जना र नर्भिक, ग्रान्डी, हाम्स, ग्रिनसिटी, शुभम इन्टरनेश्नल हस्पिटल मनमैजु, मनमोहन, परोपकार प्रसूति गृह, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीरेन्द्र अस्पतालमा पनि घाइतेहरूको उपचार भइरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १४:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij