२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन् ।
गण्डकी प्रदेशको मन्त्री बनेका दीपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै उनले उक्त भेटबारे प्रदेशसभा सदस्य मनाङेसँगको भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् ।
सोही विषयमा मनाङे विपक्षी गठबन्धनको सरकारमा बिनाविभागीय मन्त्री बनेको भोलिपल्ट आइतबार बिहान डा. भट्टराईले आफ्नो स्पटीकरण वक्तव्य सार्वजनिक गरेका हुन् ।
डा. भट्टराईको भनाइ
राजीव गुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यस क्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न ।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अत: अपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।
मैले २०५९/०६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् । अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।
रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij