२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे जानकारी लिएका छन्।
आइतबार रास्वपाको तर्फबाट उद्धार तथा राहतका लागि गठन गरिएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर लामिछानेले प्रभावित क्षेत्रमा भइरहेको कामको जानकारी लिएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले विपद्मा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामको ब्रिफिङ लिनुका साथै प्रभावकारी रूपमा काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएका छन्।
खरेलले सभापति लामिछानेले विपद्का बेला पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउन निर्देशन दिएको जानकारी दिए।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगै राजनीतिक दलहरूले समेत उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्ना संयन्त्र परिचालन गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij