Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि एलपी ग्यास उद्योग संघले १,२५० भरिएका सिलिन्डर दिने

बाढीपीडितका लागि एलपी ग्यास उद्योग संघले १,२५० भरिएका सिलिन्डर दिने


  • 1.0K
    Shares

    बाढीपीडितका लागि एलपी ग्यास उद्योग संघले १,२५० भरिएका सिलिन्डर दिने
    images

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ।

    संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित नागरिकका लागि उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

    विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको भन्दै प्रभावित नागरिकको तत्कालीन आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर सहयोगको हात बढाइएको अध्यक्ष चन्दले बताए।

    संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान भरिएका एलपी ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुग्ने गरी वितरण गरिने जनाइएको छ।

    गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ।

    विपद्को कठिन परिस्थितिमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय मानवीय सेवामा जुटिरहेको उल्लेख गर्दै संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री उपलब्ध गराउन लागेको जनाएको छ। 

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १३:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij