२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक भोलि भदौ १५ गते बिहान ११ः ०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो । बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।
विशेषगरी मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको बुझिएको छ । साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुनेछ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij