Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो

त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो


  • 876
    Shares

    त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो
    images

    काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।

    आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडालेर बगाएको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले पुलमा क्षति पुर्‍याउँदै अन्ततः बगाएको हो।

    बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

    गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार बाढीको तीव्रताका कारण चरौँदीको झोलुङ्गे पुल बगाएको हो।

    त्रिशूली नदीमा पानीको बहाव तीव्र बनेपछि नदी आसपासका क्षेत्रमा थप सतर्कता अपनाइएको छ। बाढीका कारण अन्य भौतिक संरचनामा समेत क्षति पुगेको हुनसक्ने भन्दै क्षतिको विवरण संकलन भइरहेको छ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १३:१५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij