Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवाको भोटेकोशी बाढी अपडेट : ७३५ जनाको शव फेला

रसुवाको भोटेकोशी बाढी अपडेट : ७३५ जनाको शव फेला


  • 1.4K
    Shares

    रसुवाको भोटेकोशी बाढी अपडेट :  ७३५ जनाको शव फेला
    images

    काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ७३५ जनाको शव फेला परेको हो।

    जिल्लागत रूपमा फेला परेका शवको विवरण:

    चितवन: २५९ जना
    नवलपरासी पूर्व: १८४ जना
    नवलपरासी पश्चिम: ८२ जना
    गोरखा: ५८ जना
    नुवाकोट: ५२ जना
    धादिङ: ५० जना
    तनहुँ: ३७ जना
    रसुवा: १३ जना

    २५ प्रहरी कर्मचारी अझै बेपत्ता

    बाढी र पहिरोमा परी उद्धार तथा सुरक्षामा खटिएका २५ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। हाल देशभर बाढी प्रभावित क्षेत्रमा ७,२९३ जना प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

    विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्य अझै जारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जोखिमपूर्ण क्षेत्रहरूमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १२:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij