Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आशिका तामाङ आएर थर्काउनुभयो, हामीलाई पनि रिस उठ्यो: गल्छी–६ का वडाध्यक्ष

आशिका तामाङ आएर थर्काउनुभयो, हामीलाई पनि रिस उठ्यो: गल्छी–६ का वडाध्यक्ष


  • 1.1K
    Shares

    आशिका तामाङ आएर थर्काउनुभयो, हामीलाई पनि रिस उठ्यो: गल्छी–६ का वडाध्यक्ष
    images

    काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आएर आफूहरूलाई थर्काएको आरोप लगाएका छन् ।

    शनिबार बिहान वडामा आएर सांसद तामाङले थर्काएपछि केहीबेर भनाभन भएको उनले जनाएका छन् ।

    “हामी बैठक बसिरहेका थियौँ, राहत कसरी वितरण गर्ने भनेर । अनि उहाँ (आशिका तामाङ) आउनुभयो । हामी एकचरण नगद बाँडीसकेका थियौँ, दश–दश हजार रुपैयाँका दरले । खाद्यन्न पनि एक लट बाँडीसकेका थियौँ- चाउचाउ, बिस्कुट,” वडाध्यक्ष कार्कीले भने ।

    सोही समयमा सांसद तामाङ आएर थर्काएको उनले बताए । “उहाँ सिधै के भन्नुहुन्छ– तिमीहरू के हेरेका बसेको अहिलेसम्म, एउटा फ्रुटी पनि नबाँडी के रमिता देखाएर बस्या ? मैले त्यत्रो सामान पठाएको, सामान किन नबाँडेको ?”

    सांसद तामाङले के समान भनेको हो, त्यो समान कहाँ आइपुग्यो भन्नेबारे आफूहरूलाई केही थाहा नभएको वडाध्यक्ष कार्कीले जनाए । सांसद कार्कीले एक्कासि आएर तिमी सम्बोधन गरी थर्काउँदा आफूहरूलाई पनि रिस उठेको उनले  बताए ।

    “'कस्लाई थर्का' भन्यौँ हामीले । ‘तिमीहरू’ भन्नुभयो उहाँले । उहाँको त्यो स्वभावले असैह्य भयो । हामी रात-दिन सुत्न पाएको छैन, निदाएको छैन । साइरन बजेको छ, मान्छेलाई रातभर कुँद्याकुदै छौँ । आराम पाएको छैन । के निदाएर बस्या रे हामीलाई त ! हामीलाई पनि रिस उठ्यो अनि हामीले के स्टन्ट गर्न आएको, थर्काउन आएको भन्देको,” वडाध्यक्ष कार्कीले भने ।

    सांसद तामाङले असहयोग गरेको उनले जनाए । उनले थपे, “हामी त फिल्डमा छौँ । उहाँ आएर एउटा क्यामेर तेर्साएर काम भयो त । काम त फिल्डमा गर्ने होला ।”

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १२:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij