Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमतीका मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

बागमतीका मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न


  • 848
    Shares

    बागमतीका मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन् ।

    यही भदौ १० गते नुवाकोट, भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत अवलोकन गरी गृहजिल्ला भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले सो राहत सामग्री सङ्कलन गरी पठाएका हुन्। 

    उनले रसुवाको उत्तरगया र धुन्चेमा विपद्मा परेका नागरिकका लागि अत्यावश्यक खाना र लत्ताकपडा स्थलमार्गबाट पठाएको बताएका छन् । मुख्यमन्त्री थापाले काठमाडौंबाट पठाएको राहत सामग्री बिदुरमा मात्रै थुप्रिएकाले उत्तरगया र धुन्चेका लागि टिपर र ट्रकमा राहत सामग्री पठाएको बताएका छन् । 

    उनले बागमती प्रदेशको पहलमा छहरे, चौघोडा, बाहुनबेँसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरोकिलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा विभिन्न यातायातका साधनमार्फत काठमाडौँ ल्याउने काम गरिरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १२:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij