Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने


  • 981
    Shares

    गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आज आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले यसबारे जानकारी दिएका हुन् । 

    थापाले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत अवस्था बुझ्ने र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्ने पनि बताएका छन्। पार्टी कार्यालयमा नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरूसँगको छलफलमा उनले विपद्को यो घडीमा सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न निर्देशन दिएका छन् । 

    थापाले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने र प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग पुर्‍याउनु प्रभावकारी हुने बताएका छन् ।  

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १२:०३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij