Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार

टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार


  • 1.1K
    Shares

    टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार
    images

    काठमाडौं । रसुवा बाढीका कारण अलपत्रमध्ये आज आइतबार बिहान थप १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 

    बिहान ११ बजेसम्म नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ चिनियाँसहित जम्मा १८३ जनाको उद्धार गरिएको हो। 

    त्रिशूली-३ हाइड्रो पावरको टनेलमा फसेकाहरूको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीमा विशेषज्ञ टोली थप गरी ९३ जना ड्रिलिङ मेसिन, स्काभेटर, हाईड्रोलिक कटरलगायत सामग्रीसहित घटनास्थलमा खटिएका छन्। 

    बाढीको बहाब कम भएपछि टनेलको प्रवेशद्वार पत्ता लगाउने काम सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ। 

    साथै प्रभावित जिल्लाहरूमा नेपाली सेनाको ८ हजार ४ सयभन्दा बढी फौज खटिएको छ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ११:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij