Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपद् पीडितका लागि मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग

विपद् पीडितका लागि मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग


  • 1.4K
    Shares

    विपद् पीडितका लागि मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

    भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा पुर्याएको असरलाई मध्यनजर गर्दै बाढी प्रभावितका लागि बैंकले उक्त सहयोग गरेको हो ।

    उक्त क्षेत्रमा आएको बाढीले अकल्पनिय र अत्याधिक मात्रामा जनधन गुमाउनु परेको र सो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहेकोमा देशविदेशका नागरिकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले समग्र बैंक परिवार मर्माहत भएको छ।

    यस विपत्तिको घडिमा जीवन गुमाएका सम्पूर्ण महानुभावहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

    प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग प्रदान गरेको छ । 

    देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुऱ्याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो ।

    विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।

    बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ११:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij