Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाललाई भारतको चौथो चरणको सहयोग : सुरुङ उद्धार र डीएनए परीक्षणका लागि विशेषज्ञ टोली नेपालमा

नेपाललाई भारतको चौथो चरणको सहयोग : सुरुङ उद्धार र डीएनए परीक्षणका लागि विशेषज्ञ टोली नेपालमा


  • 967
    Shares

    नेपाललाई भारतको चौथो चरणको सहयोग :  सुरुङ उद्धार र डीएनए परीक्षणका लागि विशेषज्ञ टोली नेपालमा
    images

    काठमाडौं । बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतले नेपालमा उद्धार तथा राहतका लागि अत्याधुनिक उपकरणसहित विशेषज्ञ टोली पठाएको छ।

    बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू बेपत्ता भएकाले भारतले ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ (सुरुङ प्राविधिक दस्ता) नेपाल पठाएको हो। भारतका विदेशमन्त्री एस. जयशंकरका अनुसार टोलीसँग सुरुङभित्र खोजी तथा उद्धारका लागि आवश्यक विशेष उपकरणहरू समेत रहेका छन्।

    त्यस्तै, बाढीपछि ठूलो संख्यामा शव फेला परेको र धेरै शवको पहिचान हुन बाँकी रहेको अवस्थामा भारतले डीएनए विश्लेषण तथा फोरेन्सिक विशेषज्ञहरूको टोली पनि पठाएको छ। हालसम्म ७३४ शव फेला परेको अवस्थामा शव पहिचानका लागि भारतीय टोलीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।  

    यसैबीच, बाढीका कारण राजमार्गका पुलहरू क्षतिग्रस्त भई आवागमन प्रभावित भएपछि भारतले पुल निर्माणका लागि समेत सहयोग उपलब्ध गराएको छ।

    भारतबाट २३० फिट लामो ‘सिंगल लेन मोड्युलर स्टिल ब्रिज’ बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्। यी सामग्रीको प्रयोग क्षतिग्रस्त क्षेत्रमा वैकल्पिक आवागमन व्यवस्था बनाउन गरिनेछ।

    त्यस्तै, थप ७ वटा बेली ब्रिज निर्माण तथा स्थापनाका लागि आवश्यक उपकरण समेत छिट्टै नेपाल पठाइने बताइएको छ।

    बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, शव पहिचान र अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउन भारतबाट प्राप्त सहयोगले राहत तथा पुनःस्थापनाको काममा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

     

     

     

     


     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ११:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij