Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीको प्रभाव चितवन आइपुग्दा घट्यो

भोटेकोशी बाढीको प्रभाव चितवन आइपुग्दा घट्यो


  • 813
    Shares

    भोटेकोशी बाढीको प्रभाव चितवन आइपुग्दा घट्यो
    images

    काठमाडौं । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो ।

    बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ । आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उनको अनुमान छ । नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।

    यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उनले आग्रह गरे ।

    यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उनले जानकारी दिए ।

    यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ः०० बजेपछि रोकिएको सडक ७ः०० बजेदेखि खुलेकामा अहिले पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । 

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १०:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij