Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी : ७३४ शव फेला, २,४९८ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ७३४ शव फेला, २,४९८ जना अझै सम्पर्कविहीन


  • 1.2K
    Shares

    भोटेकोशी बाढी : ७३४ शव फेला, २,४९८ जना अझै सम्पर्कविहीन
    images

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टअनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९ जना फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

    बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना रहेका छन्। तीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना छन्।

    त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत बाढीपछि सम्पर्कविहीन भएका छन्।

    सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि छन्। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।

    विपद्पछि खोज तथा उद्धारका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

    बाढीपछि तल्लो तटीय क्षेत्रमा समेत शव फेला पर्ने क्रम जारी रहेकाले खोज तथा उद्धारसँगै शव पहिचान र व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बनेको छ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १०:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij