Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध


  • 1.1K
    Shares

    कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
    images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा बाढीले सडक बगाएको छ ।

    भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो ।

    धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।

    कृष्णभीरमा सडक भासिएर बगेको धादिङका पत्रकार शिवराज आचार्यले बताएका छन् । सडक बगेपछि यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ०९:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij