Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा भेटिएका पहिचान नखुलेको २९ शवको अन्त्येष्‍टि गरियो

गोरखामा भेटिएका पहिचान नखुलेको २९ शवको अन्त्येष्‍टि गरियो


  • 925
    Shares

    गोरखामा भेटिएका  पहिचान नखुलेको २९ शवको अन्त्येष्‍टि गरियो
    images

    गोरखा । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्‍टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्‍टि गरेको जानकारी दिएको छ । 

    पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गहरूको अन्त्येष्‍टि गरेको प्रमख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए। ‘गोरखामा शवगृहको अभाव छ । दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्‍टि गरेका हौँ’, उनले भने। 

    उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्‍टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्‍टि गर्नु परेको उनले बताए। 

    प्रजिअ श्रेष्ठका अनुसार गोरखामा २३ वटा पहिचान खुल्नसक्ने सग्लो शव भेटिएका छन् । हालसम्म फेला परेका सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ । बाँकी शव भने प्रदेश अस्पताल गोरखा एवं एनपिआइ गोरखा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म आइपुग्दै छन् । 

    जिल्ला प्रहरी कार्यालयले २९ वटा शवको सहिदलखन गाउँपालिका–९ बुङ्कोटघाटस्थित बूढीगण्डकीको किनारमा अन्त्येष्‍टि गरेको छ । प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवको अन्त्येष्‍टि गरिएको जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - १९:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij