Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, चार हजार बढीको जीवितै उद्धार

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, चार हजार बढीको जीवितै उद्धार


  • 981
    Shares

    भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, चार हजार बढीको जीवितै उद्धार
    images

    काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार  पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । 

    परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । यस विपद्‌मा २४ सय जना अझै बेपत्ता रहेको उनले बताए । 

    जटिल भौगोलिक अवस्था र सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले छिमेकी मुलुकहरूसँग विशेष प्रविधि र जनशक्ति माग गरेको छ । 

    यसै क्रममा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य सुरु गरिसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली शीघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिए ।  भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ । चीन, जापान र अष्ट्रेलिया लगायतका मुलुकहरूले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् ।

    मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे । नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भनी केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गरेका छन् । ''विनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ,'’ उनले भने । 

    विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोडमार्फत सहयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - १६:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij