२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले तीनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ।
प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारहरूसम्म आवश्यक कपडा संकलन गरी वितरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा सर्वसाधारण, विद्यार्थी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थालाई प्रयोगयोग्य र सफा कपडा सहयोग गर्न समितिका इन्चार्ज निरोज श्रेष्ठले आग्रह गरे ।
समितिका अनुसार संकलन गरिएका सम्पूर्ण कपडाहरू रसुवाका बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण गरिनेछ । विपद्को यस कठिन समयमा मानवीय सेवामा सबैको सहभागिता आवश्यक रहेको भन्दै अभियानमा साथ दिन श्रेष्ठले आह्वान गरेका छन् । यो अभियान ३ दिन चल्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij