Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फेरि बढ्याे भोटेकोशीमा बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

फेरि बढ्याे भोटेकोशीमा बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह


  • 1.5K
    Shares

    फेरि बढ्याे भोटेकोशीमा बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौँ । भदौ १२ गते राति जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पुनः बाढी बढेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’

    प्रहरीले राति ८:५४ बजे यो सूचना जारी गर्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको हो । बाढी पूर्वानुमान महाशाखाले त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। थप सूचना आउने महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - ०६:१५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij