२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं। बझाङको बाघले परिचित नेपाली फाइटर रवीन्द्र ढाँट मिक्स मार्सल आर्टस् (एमएमए) युएफसी सिजन ५ को ब्यान्टमवेटको फाइनलमा पुगेका छन्।
चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
उनी युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। उनले फाइनलमा जापानका रो टोजिमाको सामना गर्नेछन्।
फाइट जितेपछि उनले भने, ‘नेपालमा अहिले कठिन समय छ। तर पनि हामी उठ्नेछौँ। शिर उठाऊ नेपालीहरू!’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij