Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला

बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला


  • 2.3K
    Shares

    बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला
    images

    काठमाडौं। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेल मृत भेटिएका छन् ।

    तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो । नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले रातोपाटीलाई बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् ।

    चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ । बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो । कोहलपुर नगरपालिका–११ घर भएका चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १५:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij