२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मोरङको बेलबारी नगरपालिका-८ मा ८ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १ गते दिउँसो करिब १२ बजे बालिकालाई आफ्नै घर कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले प्रहरीमा लिखित जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा भदौ ११ गते साँझ इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेलगत्तै खटिएको प्रहरी टोलीले आरोपीलाई उनकै घर ठेगानाबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आरोपीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठले जानकारी दिए। प्रहरीले आरोपीको नाम पनि गोप्य राखेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij