Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सानिमा बैंकको लाभांश घोषण, बोनस र नगद कति ?

सानिमा बैंकको लाभांश घोषण, बोनस र नगद कति ?


  • 1.4K
    Shares

    सानिमा बैंकको लाभांश घोषण, बोनस र नगद कति ?
    images

    काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सेयरधनीका लागि करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    बैंकले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा लाभांशका रूपमा वितरण गर्नेछ । त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि करसहित ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअन्तर्गत ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा बराबरको लाभांश वितरण गरिनेछ ।

    अग्राधिकार सेयरको लाभांश भने २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

    हाल सानिमा बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ भने अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ । बैंकले हाल देशका सातै प्रदेशमा रहेका १३४ वटा कार्यालय र १२७ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १४:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij