Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनतर्फ ग्लेसियर फुटेर पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी

चीनतर्फ ग्लेसियर फुटेर पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी


  • 757
    Shares

    चीनतर्फ ग्लेसियर फुटेर पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी
    images

    काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्लेसियर फुटेर पानी ओभरफ्लो भएको सरकारले जनाएको छ ।

    बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण लेदोसहितको पानी ओभरफ्लो भएको जानकारी दिए ।

    उनका अनुसार घटनाका कारण तत्काल ठूलो जोखिम देखिएको छैन । यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरिएको छ ।

    ‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’

    सरकारले घटनाबारे परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद गरिरहेको जनाएको छ । चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको प्रवक्ता पोखरेलले बताए ।

    यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको बताएका छन् ।

    घटनापछि नदी आसपासका जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ सारिरहेका छन् । सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १४:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij