Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह

बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह


  • 1.1K
    Shares

    बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह
    images

    काठमाडौं । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको भन्दै प्रधानमन्त्रीको सचिवालयले त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको हो।

    प्रधानमन्त्रीको सचिवालयले विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्युआर कोड तथा बैंक खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

    “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

    सरकारका तर्फबाट आर्थिक सहयोगका लागि आधिकारिक रूपमा सञ्चालनमा रहेका कोष तथा तिनका बैंक खाता विवरण यसप्रकार छन् :

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

    हिमालयन बैंक लिमिटेड (डलर खाता) : ०१९०५६३१२१००४६

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड : ०१०१३२४३८०१, ०२०१३२४३८०१

    राष्ट्रिय वाणिज्य बैंक : ११३०१००००३७६२००१, ११३०१०००००००६०६

    एभरेष्ट बैंक लिमिटेड : ००१००१०५२००२७०, ००१०११०२२०००१२

    नेपाल बैंक लिमिटेड : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१

    ग्लोबल आइएमई बैंक लिमिटेड : ००४०१०१०००००५७, ००४११०१००००००५

    नबिल बैंक लिमिटेड : १७१००१७५०५२८५

    कृषि विकास बैंक लिमिटेड : ०१००२०१००२९०७०१४

    यसैगरी प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ मा समेत सहयोग जम्मा गर्न सकिने सचिवालयले जनाएको छ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १३:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij