Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनतर्फ कृत्रिम ताल फुटेपछि स्याफ्रुबेँसी आइपुग्यो बाढी

चीनतर्फ कृत्रिम ताल फुटेपछि स्याफ्रुबेँसी आइपुग्यो बाढी


  • 890
    Shares

    चीनतर्फ कृत्रिम ताल फुटेपछि स्याफ्रुबेँसी आइपुग्यो बाढी
    images

    काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएर बनेको कृत्रिम ताल पुनः फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेँसीमा आइपुगेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेँसीमा आइपुगेको हो ।

    चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि पानीको ठूलो बहाव नेपालतर्फ बग्न थालेको बताइएको छ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको उक्त ताल फुटेपछि बाढी आएको हो ।

    बाढीको असर त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

    यसअघि प्रहरीले समेत आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

    यसअघि भदौ १० गते आएको भीषण बाढीपछि तिब्बततर्फ ल्हेन्दे खोला थुनिएर बनेको ताल फुट्दा ठूलो क्षति भएको थियो । अहिले पुनः ताल फुटेर पानीको बहाव नेपालतर्फ बढेपछि दोस्रो चरणको बाढीको जोखिम बढेको छ । 

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १३:१४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij